छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार १८:५८

काठमाडौं ।छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता (नेसनल इक्वेष्टेरियन च्यापियनसिप) टुडिँखेलमा शुक्रबार सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा हुनुहुन्थ्यो ।
तीन विधामा सम्पन्न यस प्रतियोगितामा टेन पेकिङ, शोजम्प र हाइजम्प रहेका थिए । जसमध्ये हाइजम्प तर्फ खिलध्वज खड्का (गणेश), रामबहादुर दाहाल (सम्मोहन) र सविन कुमार पाखेरेल (आकांक्षा) क्रमश ः पहिलो, दोस्रो र तेस्रो भएका थिए । त्यसैगरी शोजम्प तर्फ योगबहादुर बस्नेत (देवकी), लालबहादुर कुँवर (लमजुङ) र रामबहादुर दाहाल (सम्मोहन) क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए । प्रतियोगिताको अर्को विधा टेन पेकिङमा रुद्रबहादुर कार्की, गोविन्दबहादुर खड्का र लक्ष्मण रावल क्रमश ः पहिलो, दोस्रो र तेस्रो भएका थिए । प्रदर्शन खेल अन्र्तगत महिला राइडरहरुलाई प्रोत्साहन वापत जनही पाँच हजार प्रदान गरिएको थियो । यसरी पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ रहेका थिए ।
यस प्रतियोगितामा २६ राइडरको सहभागिता रहेको थियो । सवै विधामा प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई जनही २० हजार, १५ हजार र १० हजार पुरस्कार स्वरुप प्रदान गरियो ।
यस प्रतियोगितालाई नेपाली सेना, राष्ट्रिय खेलकुद परिषद र भ्रमण बर्ष २०२० को उच्चस्तरको सहयोग रहेको थियो । त्यसैगरी कतार एयरवेज, लिओन मोटर्श, टिभिएस मोटर्श लगायतको प्रायोजन रहेको थियो । एपीवान टेलिभिजन र रिपब्लिकन मिडिया प्रतियोगिताको मिडिया पार्टनर हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु