• नाट्टाको अध्यक्षका उमेद्धवार अच्यूत गुरागाँई समुहले उमेद्धवार परिचयात्मक सहितको पत्रकार सम्मेलन सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ पुष २०७६, शनिबार ०८:४७

    पुस २६, काठमाण्डौ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को अध्यक्षका उमेद्धवार अच्यूत गुरागाँई समुहले आज ठमेलस्थीत गोकर्ण हाउस रिर्सोटमा उमेद्धवार परिचयात्मक सहितको पत्रकार सम्मेलन सम्पन्न गरेको छ । अच्यूत गुरागाँई समुहको पत्रकार सम्मेलनमा नाट्टाका पूर्व अध्यक्ष भोलाबिक्रम थापा, धु्रबनारायण श्रेष्ठ र पर्यटन बिज्ञ बिक्रम पाँडेकाजीले अच्यूत गुरागाँई नाट्टा नेतृत्वको लागि सक्षम व्यक्ति भएको र तत्कालिन पर्यटन बजारमा अच्यूतको नेतृत्व आवश्यक रहेको बताए ।
    उनीहरुले नाट्टाको बिभिन्न पदहरुमा रहेर गुरागाँईले काम गरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बिभिन्न ट्राभल फेयरहरुमा सशक्त प्रतिनिधीत्व गरेको र पछिल्लो समयमा हिमालयन ट्राभल मार्ट, बुद्धिष्ट मार्ट र समग्र ट्राभल व्यावसायीहरुको व्यावसायिक समस्यालाई न्यूनीकरण गर्नको लागि सहजीकरणको भुमिका खेलेको भन्दै एकपटक नाट्टामा गुरागाँईको नेतृत्व हामी सबैले हेर्न चाहेको बताए ।
    पत्रकार सम्मेलनमा नाट्टाका अध्यक्षका प्रत्यासी उमेद्धवार अच्यूत गुरागाँईले आफु एक पटकका लागि नाट्टाको अध्यक्षका प्रत्यासी भएको भन्दै सम्पूर्ण पर्यटन बिज्ञ तथा ट्राभल ट्रेडका साथीहरुलाई एकपटक आफ्नो व्यावसायिक टीमलाई नाट्टा हाँक्नका लागि अवशर दिलाईदिनुहुन अनुरोध गरे । उनले नाट्टाको आफूले नेतृत्व लिन सकेको खण्डमा तत्कालिन रुपमा ट्राभल व्यावसायीहरुमा देखिएको तमाम समस्याको निराकरण गर्न र नाट्टाको आगामी गति र दिशा दिलाउन आफ्नो हरसंभव प्रयत्न रहने बताए ।
    उक्त पत्रकार सम्मेलनमा नाट्टाका बर्तमान अध्यक्ष सीएन पाण्डे, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, नाट्टाका पूर्व अध्यक्षद्धय रामकाजी कोने, अर्जुुन शर्मा, टानका पूर्व अध्यक्षद्धय दिपक महत,रमेश धमला, टानका अध्यक्ष खुमबहादुर सुबेदी, बरिष्ठ पर्यटन व्यावसायी गणेश सिंखडा, पर्यटन बिज्ञ, ट्राभल व्यावसायीहरु, पत्रकार लगायतको बाक्लो उपस्थीति रहेको थियो ।
    गुरागाँई समुहमा बरिष्ठ उपाध्यक्षमा हेमराज बास्तोला (तारा), उपाध्यक्षमा यज्ञमुर्ति आचार्य, महासचिवमा राकेश धमला, सचिव गोबिन्द दाहाल, कोषाध्यक्ष कुमारमणि थपलिया, सहकोषाध्यक्ष पासाङ दावा शेर्पा रहेका छन । यस्तै सदस्यहरुमा परशुराम घिमिरे, नमराज भेटुवाल र रमेश थापा रहेका छन ।
    नाट्टा निर्वाचन यही जनवरी १७ तारिकका दिन राजधानीमा हुंदैछ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु