
डिएन घिसिङ
आत्म विश्वास र प्रविधि खेलकुद प्रतियोगितामा खेलाडीको लागि सफलताको साधक हो । उत्तम वा खराब प्रदर्शका लागि खेलाडीको मस्तिष्कले तय गर्ने अध्ययनले देखाएको छ । मनोविज्ञानले खेलकुदमा संलग्न खेलाडीहरूलाई जित वा हारलाई निर्धारण गर्ने गर्दछ । मनोविज्ञान एक विषयशास्त्रीय सिद्धान्त हो, जसले बायोमेकानिक्स, साइकोलोजी र धेरै सम्बन्धित क्षेत्रहरुमा प्रभाव पार्ने गर्दछ । अध्ययनको अनुसार मनोवैज्ञानिक कारकहरूले खेलमा प्रभाव पार्ने गर्दछ ।
खेल प्रदर्शन सुधारका लागि मनोवैज्ञानिक कुशलताको निर्देशन र प्रशिक्षणको अतिरिक्त आवश्यकता पर्दछ । खेल मनोविज्ञानमा एथलीटहरू, कोचहरू र पारीवारिक मित्रताको सन्दर्भहरु सहायक रहेका छन् । खेल प्रदर्शन बढाउन खेल मनोवैज्ञानिकहरूले खेलाडीहरूलाई विभिन्न मानसिक रणनीतिहरू जस्तै दृश्य, आत्मविश्वास र आधुनिक प्रविधि, बाधाहरूमाथि विजयी प्राप्त गर्न र उनीहरूको पूर्ण क्षमता अभिवृद्धि गर्न मद्दत गर्दछ । मस्तिष्कलाई कसरी सुधार गर्न सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अनुसन्धान विज्ञहरुले खेल मनोविज्ञानमा आधारित रहेर तथ्यहरु प्रकाशित गरिसकेका छन् । मानसिक प्रक्रियामा प्रणालीगत अवलोकन, योग्य, व्यवहार, अनुभूति, ध्यान र धारणा आदि कारक रहेको पाइन्छ ।
अमेरिकाको माइन्ड अफ एथलेट संस्थाले सफलता वा असफलताका बारेमा गरेको अध्ययन अनुसार मनोविज्ञानमा निहित रहने तर्क प्रकाश पारेको छ । व्यायाम मनोविज्ञानको सम्बन्धित सिद्धान्तहरुमा रहेका प्रशिक्षणमा सामेल प्रशिक्षक र खेलाडीहरुमा उत्कृष्ट नतिजा प्राप्त हुने र सफलता मिल्ने औल्याएका छन् । खेलको पहिलो कडी अनुशासन हो । खेलाडीहरू नियम भित्र बाँधिएर जित या हार जे भए पनि त्यसलाई सहजै स्वीकार्ने मनोविज्ञान लिएर मैदानमा उत्रिने गरेकाले खेलमा अनुशासनलाई महत्वपूर्ण कडी मानिएको हो । खेल मनोविज्ञानका अनुसार खेलमा सफलता प्राप्त गर्नका लागि आत्मविश्वास, इच्छा शक्ति, संघर्ष, दृष्टिकोण, लगनशिलता, लक्ष्य, चेतना, नौतिक मूल्य, आत्मसम्मान, मेलमिलाप आदि हुन जरुरी छ । खेलाडीमा डर, चिन्ता, आलस्यता, हेलचेक्राई, भाग्यबादी सोच, नैतिकविहिन गतिविधि, धैर्यताको कमी, अज्ञानता आदि भएमा त्यो खेलाडी खेलमा कहिल्यै पनि सफल हुन सक्दैनन् । खेलाडीहरुलाई वातावरण, अनुभव, प्रशिक्षण आदिले खेलाडीको खेल मनोविज्ञानमा ठुलो प्रभाव पार्ने गर्दछ ।
जित प्राप्तिका लागि यी गुणहरु हुनु पर्दछ ।
१. सकारात्मक सोचको विकास ।
२. उच्चस्तरको आत्मप्रेरणा ।
३. उच्च, यथार्थवादी लक्ष्य निर्धारण ।
४. प्रेरणादायी व्यक्तित्वहरुसँगको सामिप्यता ।
५. सकारात्मक आत्म–मन्थनको प्रयोग ।
६.प्राबिधिक तयारी
७. सकारात्मक मानसिकको ऊर्जा प्रयोग ।
८. मस्तिष्क र मनोभावनाको प्रभावकारी व्यवस्थापन । ९. आकस्मिक अवस्था र प्रदर्शनको तयारी १०.लक्ष्यप्रतिको एकाग्रता
खेलकुदमा जित मनोविज्ञान सबैभन्दा महत्वपूर्ण हुन्छ । खेलमैदानमा खेलाडीले जित वा हार मध्ये एउटा पक्षमा उभिनै पर्छ । विपक्षी आफ्नो भन्दा कमजोर रहे जित मनोबिज्ञानले अगाडि धकेल्छ । प्रतिस्पर्धीमा प्रतिद्वन्द्वी सशक्त रहेमा हारतर्फ समर्पण गरिन्छ । स्पोर्टस साइकोलोजीमा विशेष केन्द्रित रहेको अमेरिकी संस्था ग्रुप ‘माइन्ड अफ एथलेट’ले जित र हारको नतिजा ९०५ मनोबिज्ञानमा आधारित रहेको तथ्य सार्वजनिक गरेको छ।प्रतियोगिताको खेलमैदानमा कुन मनोबिज्ञानले प्रतीस्पर्धीमा उत्रिएको हो, त्यसैमा नतिजा भरपर्ने उक्त स्पोर्टस् साइकोलोजीको सोधपत्रमा उल्लेख गरिएको छ ।
खेलाडीको प्राविधिक तयारी र वातावरण जस्ता सुक्ष्म कुराहरु धेरै महत्वका साथ हेरिएको छ । सामान्यतया खेल मनोविज्ञान र जित मनोबिज्ञान उस्ता–उस्तै देखिएता पनि फरक परिभाषामा विज्ञहरुले अथ्र्याएका छन् । खेलमा ‘गिब रेस्पेक्ट, टेक रेस्पेक्ट’को अवधारणाको मूलभूत सिद्धान्तमा रहेर सहभागी भएको पाईन्छ । त्यस्तै तत्कालको परिस्थिति भन्दा पनि पूर्व तयारीमा नै ‘माइन्ड अफ च्याम्पियन’ अर्थात् जित मनोबिज्ञान रहेको पाइन्छ। तत्कालको परिस्थितिसँग त्यही मनस्थिति जुझारु बनाइसकेपछि उत्कृष्टतामा अब्बल देखिने गर्दछ ।


