दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महिला सशक्तिकरणमा महिला समुहको प्रभावकारी भूमिका : श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २६ गते, शनिबार १८:१२

ललितपुर, २६ पौष -ललितपुर महानगरपालिका, वार्ड नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले महिलाको आर्थिक शसक्तिकरणमा महिला समुहले प्रभावकारी भूमिका खेल्नु पर्ने बताएका छन् । थसिखेल स्थित महिलाहरुले गठन गरेको शुभारम्भ महिला समुहको घोषणा कार्यक्रममा प्रमुख अतिथीको आसनबाट संबोधन गर्ने क्रममा उनले सो कुरा राखेका हुन । सो अवसरमा वडाध्यक्ष श्रेष्ठले महिला सशक्तिकरणका लागि वडास्तरमा हुँदै आएका आय आर्जनमुलक कार्यक्रम बारे प्रकाश पार्दै वडाले महिलाहरुलाई आत्मनिर्भर बन्न अभिप्रेरित गर्दै आएको पनि बताए । वडाध्यक्ष श्रेष्ठले विकास प्रकृयामा महिला सहभागीताको खाँचो औल्याउदै महिलाहरुले आफनो सकृयता बढाएमा वडा स्तरमा छिट्टै नै विकासको उदेश्य प्राप्त गर्न सकिने धारणा समेत ब्यक्त गरे ।

वडा सचिव मुकुन्द रन्जितले महिला समुह गठन हुनु प्रशंनिय कार्य भएको उल्लेख गर्दै सामुहिक हितका लागि एक आपसमा मिलीजुली काम गर्न आग्रह गरे । त्यस्तै, थसीखेल महिला समुहकी अध्यक्ष वसन्ती रिजालले महिलाको पिरमर्काको सुनुवाई देखी आर्थिक शसक्तिकरण र वडाको विकास प्रकृयामा समुह गठनले सघाउ पुग्ने विचार राखिन ।कार्यक्रममा सिद्दिबिनायक महिला समूहकी कोषध्यक्ष अमिता थापाले समुहमा आवद्ध हुँदै गर्दा महिलाहरुले सक्षम र आत्मनिर्भर बन्ने तर्फ ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिईन् ।
समुहकी संयोजक मनिला थपलियाले सभापतिको आसनबाट बोल्दै समुहले महिला दिदी वहिनीहरुको सामुहिक हितका निम्ती एक आपसमा सहकार्य गर्ने परिपाटी निर्माणमा जोड दिने बताईन् ।

कार्यक्रम माझ शुभारम्भ महिला समुह ३१ सदस्यिय रहेको अवगत गराउदै समुह घोषणा गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु