साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

न्यूयोर्कमा नायिका एन्सर्ज गुरुङ सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २७ पुष २०७६, आईतवार ०९:२२

काठमाडौं। तमु ल्होसार नयाँ बर्षमा आयोजित कार्यक्रममा तमु गुरुङ चलचित्रकी नायिका एन्सर्ज तमु गुरुङलाई सम्मानित गरिएको छ। अमेरिकाको न्यूयोर्कमा आयोजित भव्य तथा सभ्य तमु ल्होसार कार्यक्रममा नायिका एन्सर्ज तमु गुरुङलाई सम्मान गरेको हो। तमु प्ये ल्हु संघ न्यूयोर्कको आयोनमा भएको कार्यक्रममा नायिका एन्सर्ज तमु गुरुङको अलावा नविना तपुस्यो, प्रेम तमु, नरविर तमु, रुथमान तमु, गीता राई लगायतलाई पनि सम्मान गरिएको थियो। सोही कार्यक्रममा संस्थाका आजीवन सदस्यता लिएका भीमप्रसाद तमु, चन्द्र तमु र प्रेम तमुलाई पनि सम्मान गरिएको थियो। आयोजक तमु प्ये ल्हु संघ न्यूयोर्कका अध्यक्ष मिलन तमुको अध्यक्षतामा सञ्चालित कार्यक्रममा न्यूयोर्कका लागि नेपालका महावाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो।अमेरिकाको पहिलो तमु संस्था तमु समाजका संस्थापक अध्यक्ष तुल्सीप्रसाद तमुको विशेष अतिथिको रुपमा उपस्थित रहेको थियो। तमु च्यु ल्होसार–२०७६ कार्यक्रममा विभिन्न नेपाली संघ–संस्थाहरुका नेतृत्व र प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सम्मानित नायिका एन्सर्ज गुरुङले मनमोहक नृत्य पनि प्रस्तुत गरेकी थिइन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु