• नेकपा माप्य दुधकोशी गाउँपालिका स्तरिय प्रशिक्षण भेला

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ पुष २०७६, आईतवार १२:१२

    पौष २६, सोलुखुम्बु/

    सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका स्तरिय नेपाल कम्युनिस्ट पार्टीको एक दिने बृहत भेला एबम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी माप्य दुधकोशी गाउपालिका कमिटिको आयोजनामा काठमान्डौको सुकेधारामा प्रशिक्षण सम्पन्न भएको हो । उक्त प्रशिक्षण कार्यक्रममा हजारौ नेता तथा कार्यकर्ताले प्रशिक्षण लिएका छन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एबम संगठन बिभागका उपप्रमुख जनार्दन शर्माको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा सोलुखुम्बुका कम्युनिस्ट नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

    सरकारको योजनालाई जिल्लास्तरसम्म पुर्याउन र जिल्लाका समस्यालाई केन्द्रसम्म सुनाउनका लागि पनि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । तत्कालिन ने.क.पा एमाले र एकीकृत ने.क.पा माओवादी पार्टी बिच एकता भएर विशाल कम्युनिस्ट पार्टीको गठन भईसकेपछी पार्टीका योजनाहरु जिल्लास्थित नेता तथा कार्यकर्तामा पुग्न नसकिरहेको परिप्रेक्षमा यस्तो खाले कार्यक्रमको आयोजना हुनुलाई निक्कै सान्दर्भिक मानिएको छ । आज भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला स्थित नेता तथा जनप्रतिनिधि र कार्यकर्ताहरुको ब्यपक सहभागिता रहेको थियो । जसमा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश नम्बर एक कमिटी अध्यक्ष तथा पार्टीका केन्द्रिय सदस्य देबराज घिमिरे र नेपाल कम्युनिस्ट पार्टीका स्थाई कमिटी सदस्य तथा संगठन बिभागका उपप्रमुख जनार्दन शर्माले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

    प्रशिक्षण कार्यक्रममा नेकपा सोलुखुम्बुका जिल्ला अध्यक्ष मानबिर राई, सचिब गोन्बु शेर्पा कर्ज्याङ, माप्य दुधकोशी गाउपालिकाका अध्यक्ष बुद्धिकिरण राई, प्रदेश सांसदद्वय उत्तम कुमार बस्नेत र बुद्धिकुमार राजभण्डारी र संघिय सांसद हेम कुमार राई सुरबिरले समेत आफ्नो मन्तब्य राखेका थिए । मन्तब्यका क्रममा बक्ताहरुले सोलुखुम्बुमा संगठन सुधारको बर्तमान स्थिति, निर्वाचित निकायले गरिरहेको कार्यप्रगती र आगामी रणनितिको बारेमा आफ्नो धारणा राखेका थिए ।

    अन्तमा एक नम्बर प्रदेश कमिटी अध्यक्ष घिमिरे र संगठन बिभागका उपप्रमुख शर्माले पार्टीको प्रतिबेदन र बिधानमा आधारित भएर पार्टीले अंगिकार गरिरहेको उदेश्यको बिषयमा स्पष्ट पारेका थिए । नेकपाको माप्य दुधकोशी गाउपालिका अध्यक्ष गौरब खालिङको अध्यक्षतामा आयोजित कार्यक्रममा- जिल्लास्थित नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रशिक्षण लिएका हुन । जसमध्य नेकपा प्रदेश १ कमिटी सदस्य महेश किराती, थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, नेचासल्यान गाउपालिकाका अध्यक्ष डुफ कुमार बास्तोला लगायतको समेत उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु