• नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ पुष २०७६, आईतवार १६:२९

    काठमाडौँ, २७ पुस : धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक ‘बुलिस ट्रेण्ड’ पछ्याउँदै करिब ४३ अङ्कले वृद्धि भएको छ । प्रतिशतका आधारमा आजको वृद्धि ३.५१ हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४२.६१ विन्दुले बढेर एक हजार २५५.७२ मा पुगेर रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूकसमेत ८.४७ विन्दुले बढेर २७२.७३ मा पुगेको छ । बीमा समूहले ‘बुलिस ट्रेण्ड’ पछ्याउँदा कारोबार रकममा समेत उच्च अङ्कले वृद्धि भएको छ ।

    नेप्सेका अनुसार कुल १७९ कम्पनीको ३८ लाख ३१ हजार ५४ कित्ता शेयर रु एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहकै शेयरमा भारी वृद्धि देखिएको छ । बैङ्किङ २७.३, व्यापार ११.५९, होटल ७५.८४, विकास बैङ्क ४३.३३, जलविद्युत् ३१.०७, वित्त १३.९२, निर्जीवन बीमा ३८४.२१, उत्पादन ३४.५४, अन्य १७.९२, लघुवित्त १२२.०२, जीवन बीमा ४०९.२७ र सामूहिक लगानी कोष ०.२४ ले वृद्धि भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु