दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फेसियल हाउसद्धारा जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २७ गते, आईतवार २०:२१

पुष २७,काठमाडौं । फेसियल हाउसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आज पृथ्वीजयन्तिको अवसर पारेर जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग हस्तान्तरण गरेको छ ।

फेसियल हाउसल राष्ट्रिय उपभोक्ता मन्चव्दारा ललितपुरमा संचालित जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकहरूलाई न्यानो लुगा बितरण, कपाल तथा नंग काट्रने, फलफुल लगायत खाद्य पदार्थ बितरण गर्ने काम गर्नुको अतिरिक्त नगद सहयोग पनि प्रदान गरेको छ ।

विगतमा पनि फेसियल हाउसले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आएको छ । सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले फेसियल हाउसले जेष्ठ नागरिकहरुप्रति देखाउनु भएको माया र सहयोगका लागि फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाह तथा फेसियल हाउसका सल्लाहकार उज्वलजंग शाहलाई धन्यवाद ज्ञापन गरेका छन् ।
२०५५ सालमा काठमाडौं मलमा स्थापना भएको फेसियल हाउस लेडिज एण्ड जेन्ट्स सैलून नेपालकै एउटा अग्रणी सैलूनको रुपमा स्थापित भइसकेको छ । फेसियल हाउसको लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु भित्राएको छ ।
विगत १३ बर्षदेखि सौन्दर्य क्षेत्रमा अनवरत रुपमा सक्रिय रहेको फेसियल हाउस सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान हो ।फेसियल हाउस काठमाडौं भित्र रहेका ब्युटि सैलूनहरु मध्येकै उत्कृष्ट सैलून अन्तर्गत पर्दछ । फेसियल हाउसले ब्युटि ट्रेनिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु