• गैरआवासीय नेपालीसंघ(एनआरएनए) एनसीसी मलेसियाका अध्यक्ष हरिप्रसाद भट्टराई बिरुद्ध सुनियोजित रुपमा भ्रामक समाचार प्रकाशित गरिएको भन्दै एनसिसी मलेसियाले दुख ब्यक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ पुष २०७६, सोमबार २०:१९

    काठमाडौं – गैरआवासीय नेपालीसंघ(एनआरएनए) एनसीसी मलेसियाका अध्यक्ष हरिप्रसाद भट्टराई बिरुद्ध सुनियोजित रुपमा भ्रामक समाचार प्रकाशित गरिएको भन्दै एनसिसी मलेसियाले दुख ब्यक्त गरेको छ । एनसिसी मलेसियाका कोषाध्यक्ष कृष्णप्रसाद नेपाल र अध्यक्ष भट्टराईले सोमबार एक विज्ञप्ति प्रकाशित गरि नियोजित रुपमा कसैबाट सम्प्रेषित भ्रमपूर्ण समाचारकापछि नलाग्न समेत अनुरोध गरेका छन् । ‘बिना तथ्य, बिना प्रमाण पत्रकारिताको मूल्य र मान्यता विपरित एनसीसी मलेसिया र यसका अध्यक्षलाई झुटा आरोप लगाई प्रकाशित गरिएको भ्रमपूर्ण समाचारको कानुनी उपचार खोजिने छ । वर्तमान कार्यसमितिप्रतिका सकारात्मक र रचनात्मक आलोचनालाई हामी सदैव आत्मसाथ गर्ने छौं । तर भ्रमपूर्ण, झुटा र संस्थालाई बद्नाम गराउने गतिविधि वर्तमान समितिलाई स्वीकार्य हुने छैन’ प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा ‘गत भाद्र ६ गते (सेप्टेम्बर १ तारिख) मलेसियामा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मलेसियाको नयाँ कार्यसमिति हरि भट्टराईको अध्यक्षतामा सर्वसम्मत चयन भएको यहाँहरु सबैमा विदितै भएको छ। मलेसियामा कार्यरत अग्रज नेपालीको साथ्, सहयोग, सल्लाह, सुझावलाई आत्मसाथ गर्दै नेपाली श्रमिकको हित र संस्थाको गरिमा उचो राख्न नयाँ कार्यसमिति क्रियाशील रहेको सबैमा जानकारी गराउन चाहन्छौं । करिव ५ लाख नेपालीहरु कार्यरत मलेसियामा रहेका श्रमिकको समस्या समाधानमा एनआरएनए मलेसिया सदैव साथ् रहँदै आइरहेको छ । तिनै श्रमिकका समस्या समाधानमा टेवा पुर्याउने उद्देश्य र वर्तमान अध्यक्षले एनआरएनमा लिन नभइ दिन आएको भनि जनाएको प्रतिवद्दता अनुरुप संघको अध्यक्षमा निर्वा्चित भएकै दिन ५० हजार रिंगेट संघका कोषाध्यक्षलाई हस्तान्तरण गरेको सबैमाझ छर्लंग छ । संघको अध्यक्षमा निर्वाचित भएको खण्डमा ५० हजार रिंगेटको श्रमिक कल्याणकारी कोष स्थापना गर्ने भनि निर्वाचन अघि गरेको घोषणा अध्यक्ष भएकै दिन पुरा गरेर वर्तमान कार्यसमिति आफ्ना घोषणा पुरा गर्न प्रतिवद्द मात्र छैन पारदर्शी पनि छ भन्ने महसुस सबैले गरेको हाम्रो विश्वाश छ । संस्थाका हरेक गतिविधि पारदर्शी बनाउने दिशामा हामी सदैव क्रियाशील छौं । तर हामी नेपालीहरु कार्यरत देशको आफ्नै कानुन नियम हुन्छ जसलाई पालना गर्नु पर्ने विदेशमा कार्यरत नेपालीको बाध्यता र दायित्व दुवै हुन आउँछ,’ उल्लेख छ ।

    यसैगरी विज्ञप्तिमा लेखिएको छ– श्रमिक कल्याणकारी कोषमा अध्यक्षले जम्मा गरेको ५० हजार रिंगेट सहित अन्य रकम मलेसियामा दुस्ख पाएका, समस्यामा परेका, जेल बसेका नेपालीहरुलाई स्वदेश फर्काउन खर्च गरिने छ । तर नेपाली दूतावासको सिफारिस र राहत समितिले निर्णय गरेपछि मात्र भनि पहिले नै यसको मापदण्ड तोकिएको छ । एनसीसी मलेसियाको आधिकारिक बैंक खाता नभएको अवस्थामा कल्याणकारी कोषको रकम प्रति प्रश्न नउठोस भनेर अध्यक्षले दिएको ५० हजार रिंगेट संघका कोषाध्यक्ष कृष्ण प्रसाद नेपाल सँगै राख्ने सहमति अनुरुप उक्त रकम कोषाध्यक्ष सँगै रहेको प्रस्ट पार्न चाहन्छौं । वर्तमान कार्यसमिति चयन भएकै दिन हस्तान्तरण गरिएको उक्त सहयोग रकम बराबरको चेक संस्थाका कोषाध्यक्ष सँग सुरक्षित रहेको जानकारी गराउन चाहन्छौं । तर संघका अध्यक्षले श्रमिक कल्याणकारी कोषमा पैसा जम्मा नगरेको देखि नक्कली चेक दिएको भनेर केही संचार माध्यमले प्रकासित गरेको कपोलकल्पित र भ्रमपूर्ण समाचारप्रति संघ आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गर्दछ । वर्तमान कार्यसमिति अहिले सम्म कुनै अवाञ्छित क्रियाकलाममा संलग्न भएन र भोलिका दिनमा पनि हुने छैन । बरु संस्थाको नाम र गरिमालाई अझ उचो राख्न सदैव प्रयत्नशील रहने छ । साथ साथै मलेसियामा कार्यरत कोहि नेपाली समस्यामा परेर आर्थिक अभावका कारण नेपाल फर्किन नपाइरहेको भए संघ र नेपाली दूतावासमा जानकारी गराउन संघ खुला हृदयले अनुरोध गर्दछौं । दूतावासको सिफारिस र संघको समितिले आवस्यक छानबिन गरि सिफारिस गरेमा समस्यामा परेका नेपालीलाई सहयोग गर्न संघ लालायित छ । अतः एनसीसी मलेसियाका बारेमा नियोजित रुपमा कसैबाट सम्प्रेषित भ्रमपूर्ण समाचारकापछि नलाग्न समेत अनुरोध गर्दछौं । बिना तथ्य, बिना प्रमाण पत्रकारिताको मूल्य र मान्यता विपरित एनसीसी मलेसिया र यसका अध्यक्षलाई झुटा आरोप लगाई प्रकाशित गरिएको भ्रमपूर्ण समाचारको कानुनी उपचार खोजिने छ । वर्तमान कार्यसमितिप्रतिका सकारात्मक र रचनात्मक आलोचनालाई हामी सदैव आत्मसाथ गर्ने छौं । तर भ्रमपूर्ण, झुटा र संस्थालाई बद्नाम गराउने गतिविधि वर्तमान समितिलाई स्वीकार्य हुने छैन ।
    (समचार जनसवाल डट कम बाट)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु