• साग पदक विजेता बक्सर सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ पुष २०७६, सोमबार २०:३५

    काठमाडौं ।एक्स बक्सर ग्रुप मकाउले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल बक्सिङ खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ ।
    नेपाल बक्सिङ संघले आयोजना गरेको कार्यक्रममा पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उप महासचिव पिताम्बर तिम्सिना र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सागमा बक्सिङले ३ स्वर्ण, ६ रजत र उत्तिनै कांस्य जितेको थियो ।
    स्वर्ण विजेता मिनु गुरुङ, भूपेन्द्र थापा र सनिल शाहीले समान २०–२० हजार नगद पुरस्कार पाए । रजत जितेका ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दवाडीले जनही १५ हजार नगद पुरस्कार हात पारे । कांस्यधारी सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापालाई जनही १० हजार नगद पुरस्कार प्रदान गरियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु