• मोडलिङ क्षेत्रमा भविष्य खोज्दै नव मोडल सुजाता भट्टराई

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ पुष २०७६, सोमबार २२:१७

    काठमाडौँ ।हाल नेपाल समाजमा युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेको छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ l  मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी नब मोडल हुन् सुजता भट्टराई ।
    नृत्य तथा अभिनयमा पोख्त मोडल सुजाता सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ नगरीमा स्थापित हुन चाहन्छिन ।खोटाङ्ग जिल्ला कात्तिके दुर्गम गाँउमा जन्मेकी नव कलाकार सुजता भट्टराई हालै मात्र कलाकारिता क्षेत्रमा आएकी छिन् । यो क्षेत्रमा आफु सफल हुने उनी बताउछिन् ।
    ब्यवस्थापन बिषयमा प्रथम बर्ष मा अध्यनरत सुजता आफ्नो पढाईको समय भन्दा बाहिरको बाकी समय लाई नृत्य कला र अरु कलाकारिता मा अर्जेको उनी बताउछिन् । साथिभाईको माझमा टिक टक कान्छी भनेर चिनीने सुजताले आधा दर्जन भन्दा बढी म्यजिक भिडीयोमा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छन्

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु