• कसो कसो माया बस्यो’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ पुष २०७६, सोमबार २२:३३

    काठमाडौँ – सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा ‘कसो कसो माया बस्यो’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रल्हाद तिमिल्सीना र शान्ता खत्री कार्कीको स्वर रहेको छ । गीतकार शान्तकाको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ ।
    बिशाल निरौलाको एरेञ्ज रहेको भिडियोलाई रबी कोइरालाले छायाँकन गरेका हुन् । भिडियोमा सोनाल तामाङ, फरिता खड्का र कबिता रायलाई फिचर्ड गरिएको छ । डान्सिङ बिटमा तयार पारिएको गीतमा हरिश खनालको कोरियोग्राफी र बिष्णु खड्काले सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु