• माघे संक्रान्तिको अवसरमा तीन जिल्लामा भोलि गोरु जुधाइ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार ०८:५१

    काठमाडौं,पुष २९ । आन्तरिक तथा बाह्य पर्यटक बृद्धि गर्ने उद्देश्यले हरेक बर्ष झै भोलि माघ १ गते माघे संक्रान्तिको दिन नुवाकोटको तारुका, रसुवाको बेत्रावती र धादिङको धुवाँकोटमा गोरु जुधाई मेला लाग्ने भएको छ ।

    रसुवा–नुवाकोट पर्यटन समाजले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मौलिक एवं परम्परागत साँस्कृतिक पर्वहरुको संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।

    नुवाकोटको तारुकामा २२ हल, बेत्रावतीमा १२, धुवाँकोटमा १४ र घलेगाउँमा ८ हल गोरु जुधाइने छ । रसुवा–नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारीले पर्यटन प्रवद्र्धन, स्थानीय कला र संस्कृतिलाई विश्वसमुदायबीच पुर्‍याउनको लागि माघे संक्रान्तिको अवसरमा तीन जिल्लामा गोरु जुधाइ मेला लाग्ने जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु