• के छ नेपाली बजारमा सुनचाँदी को मुल्य ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार १४:०४

    काठमाडौं – सुनचाँदीको भाउ मंगलबार पनि घटेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेर ७४ हजार रुपैयाँ आएको छ । सोमबार छापावाला सुनको भाउ ७४ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ८०० रुपैयाँले नै घटेर ७३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार चाँदीको मूल्यपनि प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ ८ सय ९० रुपैयाँमा कारोबार भएको सुन–चाँदी व्यवसायी महासंघले बताएको छ । छोटो समयमा अत्याधिक बढेको सुुनको भाउ केही तल झर्नेक्रममा रहेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु