• गायक निशान भट्टराइको मंगलबार बिहानै सवारी दुर्घटनामा परी निधन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार १४:१८

    काठमाडौँ – गायक निशान भट्टराइको मंगलबार बिहानै सवारी दुर्घटनामा परी निधन भएको छ ।

    दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा गायक भट्टराइको तीनकुनेमा सवारी दुर्घटना भएको हो ।

    उनी गायिका लोचन भट्टराइका भाइ हुन् । मंगलबार बिहान पौने १ देखि १ बजेको बीचमा उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु