• ब्राइट फ्युचर बचत तथा ऋण सहकारी सस्थाको ११औ साधरण सभा सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार १५:३२

    काठमाडौ । ब्राइट फ्युचर बचत तथा ऋण सहकारी सस्थाको ११औ साधरण सभा आज महाराजगन्ज स्थित भिडा क्याफेमा सम्पन भएको छ।
    एक समारोहका बिच प्रमुख अतिथी शसस्त्र प्रहरी बलका पुर्ब अतिरिक्त महानिरीक्षक डा.कृष्ण कुमार तामाङले उद्घाटन गर्नु भएको थियो। सोही अबसरमा बोल्दै प्रमुख अतिथि डा.तामाङले बिगतका दिनमा समाजमा पुर्याएको योगदानको सम्मान गर्दै आगामी दिनम समेत बितिय क्षेत्रमा ब्राइट फ्युचरले निकै सकारात्मक कार्यको लागि अगाडि बढेको र अगामी दिनमा समेत सहकारी आन्दोलनमा अगाडि बड्ने बिश्वास ब्यक्त गर्नु भयो।उक्त अबसरमा अतिथिमा मन्चमा सस्थाका पदाधिकारीहरु शकर मैनाली ,श्रीमती राधा देबी घले,राधाकृष्ण कटुवाल ,अमोद डेम्जोन ,सुनिल श्रेष्ठ र हेब बहादुर खडका, लगाएत समाजका लब्द प्रतिस्ठीत ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
    त्यसैगरी सस्थाको बार्षिक प्रतिबेदन अनुरुप लेखा समितिको तर्फबाट बर्ष७५/७६ बार्षिक प्रतिबेदन समितिका समयोजक अमोद डेमजोनले प्रस्तुत गरेका थिए।११औ साधरण सभाले नया कार्यसमितिमा श्रीमती राधादेबी घले अध्यक्ष,सुनिल श्रेष्ठ उपाध्यक्ष , हिमाली श्रेष्ठ सचिब ,राधाकृष्ण कटुवाल कोषाध्याक्ष ,सदस्यहरुमा सपना पौडेल ,मन्दीरा धमला र राजन बिकलाई सर्बसम्मतीबाट निर्वाचीत भएका छ्न।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु