दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिर्गौला पीडित गुरुङलाई ५० हजार सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २९ गते, मंगलवार १५:५९

काठमाडौं, २९ पुष । धादिङ समाज यु.ए.ईले धादिङ निलकण्ठ नगरपालिका–११ गैरीगाउँका स्थायीवासिन्दा जीतबहादुर गुरुङको उपचारमा सघाउन ५० हजार नेपाली रुपैयाँ सहयोग प्रदान गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजका उपाध्यक्ष ईश्वर भट्टले मिर्गौला रोगबाट पीडित गुरुङको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

समाजको तर्फबाट संकलित उक्त रकम रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला, समाजका आजिवन सदस्य तथा पूर्व महासचिव किरण धमला र ज्ञाननारायण श्रेष्ठको हातबाट संयुक्त रुपमा प्रदान गरिएको थियो । ६२ वर्षीया गुरुङको दुवै मिर्गौलामा समस्या छ । एउटा मिर्गौला पूर्ण रुपमा फेल भएको र अर्कोले पनि ७० प्रतिशतमात्रै काम गरेको छ । उनको आर्थिक अवस्था अत्यन्तै दयनीय छ ।

कार्यक्रममा सम्बोधन गर्दै सभापति धमलाले समाजले सराहनीय काम गरेको भन्दै धन्यवाद दिए । आगामी दिनमा पनि गुरुङको उपचारको लागि सबैले सहयोगी हात अघि बढाउनुपर्ने धमलाको भनाई छ ।

उनले भने,‘म पनि उपचारमा सहयोग जुटाउने टीममा सहभागी भएँ । उहाँको उपचारको लागि जस्तोसुकै सहयोग गर्नपनि तयार छु । विदेशबाट नेपाली दाजुभाईहरुले ठूलो सहयोग गर्नुभएको छ । यो खुशीको कुरा हो ।’

त्यस्तै कार्यक्रममा समाजका पूर्व महासचिव किरण धमलाले समाजले स्थापनाकालदेखि नै समाजसेवी कामहरु गर्दै आएकोबारे प्रकाश पारेका थिए । त्यस्तै, उनले आफूहरुले देशभरि आपत, विपत र दुःख र पीडामा परेकाहरुलाई समाजले सहयोग गर्दै आएको र आगामी दिनमा यो कामलाई निरन्तरता दिने जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु