साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

आज मकर संक्रान्ति पर्व रमाइलो गरी मनाइदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १ माघ २०७६, बुधबार ०५:२५

माघ १ । आज माघे संक्रान्ति पर्व ,मुलुकभर नदी, दोभान तथा त्रिवेणीहरुमा स्नान र मन्दिरमा पूजापाठ गर्नुका साथै रमाइलो गरी मनाइदैछ ।
थारु समुदायले भने यो पर्वलाई ‘माघी’ पर्वका रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । आजको दिन थारु समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ । यस्तै, यो पर्वलाई नेवार, मगरलगायतका अन्य समुदायले पनि विशेष रुपमा मनाउने गर्छन् । ज्योतिषशास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धुन राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ । आजदेखि दिन लामो हुने र रात छोटो हु“दै जाने विश्वास छ । लड्डु तथा घिउ–चाकु संक्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा ‘घ्यो–चाकु सँल्हु’ भनिन्छ । यस पर्वमा प्रसिद्ध देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गंगासागरलगायतका नदी तथा त्रिवेणीमा मकर स्नान, दान, श्राद्धलगायतका कार्य गर्नेको ठूलो भीड लाग्ने गर्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु