• प्रदेश नामाकरणमा कम्रेडहरुले एजेन्डा र दश बर्षे संघर्षलाई बिर्सनु भएछ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ माघ २०७६, बुधबार ११:०५

    क• भिषण (भुषण महर्जन )

    उत्पिडित बर्ग,लिङ्ग, क्षेत्र जसले प्रदेश सभा,प्रतीनिधी सभा र सरकारमा सहभागी गराउन ति लाखौ राता मान्छेहरुको त्याग र बलिदानी तथा हजारौ बेपता योद्दाहरु र सहिदहरुको सपनाहरुमा आत्मनिर्णय सहितको अधिकार र पहिचान लागु गर्न त्यहाँ राता मान्छेहरुको प्रतीनिधी हरु बिभाजन भएको देखदा सबै ति महान सहिद ,बेपता र म जस्तै हिजोका दिनमा राता मान्छे भएर आज कर्मको लागी खाडिको तातो हावामा हुँदा पनि आफ्नो साथीहरु सम्मिलित प्रदेश सभाको बैठक र चुनाबमा आफ्नो बिगतको सिद्दान्त अनुसार नेवा:ताम्सालिङ प्रदेशमा मत हाल्नु पर्नेमा जन प्रतिनिधित्व मतको अपमान गर्दै बागमतीमा नाममा मत हाल्ने आफ्नै साथीहरु प्रति हिन्ता बोध भएको महशुस गरेको छु । आजको यो प्रदेशको नामाकरणको निर्णयले एउटा कुराको याद दिलाएको छ ।लेनिनले भन्नु भएको एउटा वाक्य आज सत्यमा सावित भएको छ ´संसद भनेको बाहिर खसीको टाउको झुण्डाएर भित्र कुकुरको मासु बेच्ने थलो हो` भन्ने चरीतार्थ भएको छ ।

    प्रदेश नामाकरणमा कम्रेडहरुले एजेन्डा र दश बर्षे संघर्षलाई बिर्सनु भएछ ।आज मलाई ज्यादै पिडा बोध भएको छ,दु:खी र अभागी नि ठान्दैछु, जिन्दगीको केहि हिस्सा ,समय राता मान्छे भएर हिडेको बेक्कमा भए जस्तो महशुस भइरहेको छ ।प्रदेश सभामा प्रदेशको नामाकरणको लागी चुनाब भैरहदा म आफ्नो ब्यक्तिगत कर्मका कारणले बैदेशिक श्रममा आफ्नो केहि समय बेचे,तर हिजोका दिन देखी आज सम्म पार्टीको बिचारबाट बिमुख भएर कुनै दोबाटोमा रोमलिएको छैन र कहिले रोमलिने पनि छैन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु