• केही दिनअघि सुधार भएको मौसम फेरि बदली हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ माघ २०७६, बुधबार १७:०५

    काठमाडौं – केही दिनअघि सुधार भएको मौसम फेरि बदली हुने भएको छ । बुधबार रातिदेखि पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले शुक्रबारसम्म मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसम पूर्वानमान महाशाखाका अनुसार बुधबार देशका तराई भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागिरहेको छ भने, मध्य तथा पश्चिमी पहाडी भू–भागका केही स्थानमा कुहिरो लागिरहेको छ।

    दिउँसो देशको पूर्वी तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू–भागका थोरै स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु