चलचित्र लभ डायरिज को टिजर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १ गते, बुधबार २२:०६

काठमाडौं(जस)–प्रेम कथाको बिषयमा निर्माण भएको फिल्म हो ‘लभ डायरिज’ । आगामी फागुन २गते को प्रदशन मितितय भएको फिल्मको टिजर सार्वजनिक गरिएको छ । सौरभ चौधरीको निर्देशन रहेको फिल्मको टिजर थिम नै टाइटलमै केन्द्रित छ । टिजरमा फिल्मका मुख्य दुई पात्र सुशील श्रेष्ठ र रुबिना थापा बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ । विनोद सापकोटाले निर्माण गरेको फिल्ममा सुशील र रुबिनासँगै विश्वजित रिमालको पनि मुख्य भूमिका छ । यसको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् । शाहील खान सह निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु