दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नाट्टा निर्वाचनका लागी अध्यक्षकी उम्मेद्वार मिहिका शाह धाख्वा समुहले आफ्नो प्रतिवद्धता सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १ गते, बुधबार २२:१६

काठमाडौ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को निर्वाचनमा ठुलो प्रतिस्पर्धा हुने भएको छ। नाट्टामा नयाँ नेतृत्वका चयनका लागि तीन समूह चुनावी मैदानमा होमिएका छन् ।
भीम प्रसाद पन्त, अच्युत गुरागाई र मिहीका शाह धाख्वा प्यानलहरु रहेका छन् । अन्य प्यानल भन्दा फरक र बलिया प्यानलको रुपमा मिहीका शाह धाख्वा नेतृत्वको स्वतन्त्र प्यानल आइतबार घोषणा भएको छ ।

मिहीकाको प्यानलबाट वरिष्ठ उपाध्यक्ष नारायण गुरुङ कोने, उपाध्यक्ष रमेश थापा, महासचिव कमला गुरुङ, सचिव अमृत कुमार ढकाल र कोषाध्यक्ष देवकी गुरुङ, सह कोषाध्यक्ष फुडोमा शेर्पा उम्मेदवार भएका छन् । सदस्यहरुमा विष्णु बस्नेत, विजय राई, सुजिता गजमेर रसाइली, श्रृजना महर्जन, सागर अधिकारी, राजकुमार देवकोटा, भरत जंग पाण्डे र सुवास महर्जन उम्मेदवार रहेका छन् ।
जेनिथ एक्स्पिरियन्सेज ट्राभल सर्भिसका प्रबन्ध निर्देशक मिहिका सन् २०१४–०१६ को कार्यकालमा नाट्टाको महासचिव भएकी थिइन । ट्राभल लाइटका प्रवन्ध निर्देशक कमला गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल जीटीनका निवर्तमान अध्यक्ष समेत हुन् । उनी नाट्टाका पूर्व केन्द्रीय सदस्य पनि हुन् ।

नाट्टाको निर्वाचन आगामी माघ ३ गते काठमाडौंमा हुँदैछ । निर्वाचनमा ४ सय ४८ मतदाताले मतदान गर्ने छन् ।

स्वतन्त्र टोलीको उम्मेद्वारी स्वतन्त्र टोलिको यस्तो छ चुनावी एजेन्डा

‘हामीले नाट्टामा सक्षम नेतृत्वका लागि सबै मिलेर जाऔं भनेका हौं । त्यसका लागि हामीले अन्तिम समयसम्म पनि प्रयास ग¥यौं तर हाम्रो प्रस्तावमा सबै सहमत हुन सक्नुभएन’, अध्यक्ष पदका प्रत्यासी मिहीकाले भनिन्, ‘हामी आफै पनि सक्षम छौं । सहमती नबन्दा हामी आफै किन अघि नबढ्ने भन्ने कुरा आयो । त्यसैले नाट्टाको नयाँ नेतृत्वका लागि हामीले स्वतन्त्र प्यानलको घोषणा गरेका हौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु