दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रोफेशनलको १३ औ वार्षिकोत्सव सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २ गते, बिहीबार १६:४४

काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको प्रोफेशनल भिसा एण्ड एजुकेशन सर्भिसेजले आज १३ औं वार्षिकोत्सव मनाएको छ ।
प्रोफेशनले आज आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग व्यावसायिक छलफल पनि गरेको छ । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) मा आवद्ध प्रोफेशनलले व्यवसायमा देखिएका चुनौती र निराकरणका बारेमा पनि अन्तरक्रिया गरेको छ । प्रोफेशनलका निर्देशक बासु नेपालले कन्सल्टेन्सी व्यवसायमा देखापरेका चुनौती समाधान गर्न आफूहरु लागिपरेको बताए । उनले आफूहरुले विदेशमा विद्यार्थी पठाएर उच्च शिक्षा दिएको दावी गर्दै भने ‘ कहिलेकाँही हामीमाथि पनि अनेक आरोप लाग्ने गरेका छन्, तर जसले सही परामर्श लिएर बुझेर गएको छ, उनीहरुबाट कुनै गुनासो आउँदैन ।’ प्रोफेशनलले अष्ट्रेलिया, न्यूजिल्याण्ड र जापानमा विद्यार्थीहरु पठाउने गरेको छ । नजिकिँदै गरेको फेकनको निर्वाचनको लागि पनि वातावरण बन्दै गरेको फेकनका सह कोषाध्यक्ष अनिल शर्मा पौडेलले जानकारी दिए । कार्यक्रममा फेकनका अध्यक्ष युवराज कटवाल, सह कोषाध्यक्ष पौडेलसहित अन्य पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।
शैक्षिक परामर्शदाताहरुको सामाजिक हकहित गर्ने उद्येश्यले फेकनको स्थापना भएको हो । आगामी फाल्गुणमा फेकनको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु