आर्थिक क्रान्तिका पाटाहरुमा नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने एनआरएनए अभियन्ता आरके शर्माको विश्वासआयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण : अध्यक्ष सिंहकक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुसंयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा ब्रतबन्ध,गुन्यु चोलो तथा भागवत सप्ताह सम्पन्नमधेश र कर्णाली विजयीसूर्य नेपाल काठमाडौं ओपन भुवन शीर्षस्थानमा कायमै, दिनेशमाथि ६ स्ट्रोकको अग्रताअभिलाषा र सुनिरा फाइनलमासदस्य–सचिव र मारिसोलबीच भेटखेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच भेटबार्तामैत्रीपूर्ण फुटबलमा बङङ्गलादेश विजयी

देशका अधिकांश स्थानमा वर्षा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ३ गते, शुक्रबार ०९:३८

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण गएरातीदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा गएराती रातभर वर्षा भएको छ । बिहानसम्म वर्षा जारी नै छ । आज दिउसो पनि बर्षाको सम्भावना रहेको छ ।

आज पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान प्रकाशन गरेको बुलेटिनमा पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले अरू २४ घण्टा वर्षा तथा हिमपात नरोकिने अनुमान गरेको छ । देशका अधिकांश स्थानहरु वर्षा र हिमपात हुने रहेकाले सतर्कता अपनाउन तथा चिसोबाट बच्न महाशाखाले सबै सर्वसाधारण लाई अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु