
काठमाण्डौं । माघ ३ । राजधानी दैनिकमा कार्यरत पत्रकार मधुजंघ पाण्डेलाई मातृशोक परेको छ । पाण्डेको ममतामयी माता कृष्ण कुमारी पाण्डेको आज बिहान ७६ बर्षको उमेरमा निधन भएको छ । दम र सुगरबाट ग्रसीत कृष्णकुमारीको उपचारको क्रममा काठमाण्डौंको छाउनी स्थीत शैनिक अस्पतालमा निधन भएको हो । यस दुखद घडीमा न्युजलाइन्स मिडिया दिवंगत आत्माको चिर शान्तिको कामना गदै पाण्डे परिवार प्रति गहिरो दुख व्यक्त गर्दछौं ।


