
काठमाडौं, ३ माघ । नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री नाकायामा नोरिहातोले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन । जापानी ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शितलनिवासमा पुगी शिष्टाचार भेट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 


