• गायिका आस्था राउतमाथि प्रहरीमा उजुरी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार १७:५३

    काठमाडौं, माघ ३ । गायिका आस्था राउतमाथि प्रहरीमा उजुरी परेको छ। ड्युटीको क्रममा राउतले अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले जाहेरी दिएकी हुन्।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उनले उजुरी दिएकी हुन्। चेक जाँचको क्रममा अपशव्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको उजुरीमा बताइएको छ।

    उनको उजुरी विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ।

    यसैबीच गायिका आस्था राउत र प्रहरीबीच बुधबार त्रिभुवन विमानस्थलमा भएको विवादको सिसिटिभि फुटेज बाहिरिएको छ । विमानस्थलमा एक महिला प्रहरीले ‘राष्ट्रिय कलाकार’माथि दुर्व्यवहार गरेको र अपशब्द प्रयोग गरेको भन्दै गायिका राउतले केही दिनअघि प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेकी थिइन् ।

    सीसीटीभी फुटेजमा प्रहरीले उनलाई ज्याकेट खोल्न आग्रह गर्दा हतार गर्दै कफी छाडेर हिँड्न लागेपछि प्रहरीले नै उनलाई कफी लैजान आग्रह गरेको भिडियोमा देख्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु