• विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार २१:२६

    काठमाडौं । विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका बाग्लुङको धुल्लुवासकोटका खगेन्द्र थापामगरको शुक्रबार मृत्यु भएको छ ।

    विश्वकै होचा व्यक्तिको रुपमा २०६७ असोज २८ मा गिनिज बुक अफ दि वर्ल्ड रेकर्डसमा नाम लेखाउन सफल खगेन्द्रको पोखरामा उपचारका क्रममा २८ वर्षको उमेरमा मृत्यु भएको हो ।

    उनले चाइनाका पीङपीङको रेकर्ड तोड्दै ८ महिना विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका थिए ।
    स्वास्थ्यमा समस्या आएपछि पोखरामा मणिपाल शिक्षण अस्पतालमा बिहीबारदेखि उपचार गराइरहेका थापाको निमोनियाका कारण आज दिउँसो मृत्यु भएको जनाईएको छ ।
    २२ दशमलव ०४ इन्च उचाइ रहेका थापाले १८ वर्षको उमेमा विश्व रेकर्ड कायम गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु