दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हेटौंडा स्थायी राजधानी भईसकेकोले सुरुङ मार्गलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ :थापा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ४ गते, शनिबार १६:४३

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष कमल थापाले बागमती प्रदेश सरकारले काठमाडौं–हेटौंडा जोड्ने सुरुङ मार्गलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
शनिबार बागमती प्रदेश स्तरीय श्रमिक भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले हेटौंडा स्थायी राजधानी भईसकेकोले सुरुङ मार्गलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
उनले विगतमा धेरैपटक सुरुङ मार्ग निर्माणको लागि प्रयास गरिएपनि प्राविधिक र नीजि स्वार्थले उक्त कार्य पुरा हुन नसकेकोले उक्त कार्य प्रदेश सरकारले आफ्नै हातमा लिई गर्नका लागि पनि आग्रह गरेका छन् ।

यसका साथसाथै योजनाबद्ध ढंगले विकास गर्नका लागि अब उपमहानगरपालिकाले पनि कार्ययोजना ल्याई काम गर्नुपर्ने बताएका छन् ।
यसैगरी, उनले प्रदेश र उपमहानगरपालिकाले करोडौं रुपैयाँ खर्च गरेर बनाएको बासुदेव सभागृह र त्यहाँ रहेको स्व. राजा विरेन्द्रको शालिक भत्काएर भ्यू टावर बनाउन नदिने बताएका छन् ।

अहिले रहेको दुई तिहाईको सरकारले भ्यू टावर निर्माण गर्ने भनी लिएको सपना अजिब भएको भन्दै देशमा विद्यमान अशिक्षा र भोकमरीको समस्यालाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु