
ललन कुमार चौरसीया
रौतहट माघ ०५ । बाढी,अग्नि र भुकम्प पिडित शितलहर पिडितलाई न्यानो बाड्दै रौतहटबासीको मन छुने काम गरेको छ । युकेएड, भिएसओ को सहयोगमा माण्डवी गौरले शितलहरबाट पिडितलाई न्यानो फाइबरको सिरक, तोसक र कम्बल वितरण गरेर रौतहटमा आफ्नो लोकप्रियताको उचाई लाई बढाएको हो ।
जिल्लामा १८ स्थानीय तह र सयौं संघ संस्था रहेतापनि कसैले केही गर्नु पर जाओस् ज्यानै जाने जाडोमा हेर्न समेत आएनन् तर माण्डवीले भगवान झै प्रकट भएर गरेको यो सहयोगको जति प्रशंसा गरेपनि कम छ । स्थानीय रामरती देवी दासले बताईन् । यसैबिच माण्डवी गौरले कटहरिया नगरपालिकाको सिमानामा पर्ने गुजरा नगरपालिकाको तरहरी खोला किनारमा बस्ने शितलहरबाट प्रभावित मुसहरहरु लाइ सिरक तथा कम्वल बितरण गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय रौतहटको पनि न्यायो कपडा बितरण कार्यक्रममा सहकार्य रहेको थियो । सो मुसहर बसितमा ५९ जना मुसहर परिवार लाइ सिरक र कम्वल बितरण गरीएको मान्डवी सस्थाका अध्यक्ष अञ्जु झाले जानकारी दिइन । आफूले विभिन्न संघ संस्था संग समनव्य र सहकार्य गरी गरबिलाई सेवा गर्नु पाएकोमा साह्रै खुशी लागेको बताइन । न्यानो सिरक नपाएर निद्रा समेत लागेको थिएन , आगो तापेर रात काट्दै थिए माण्डवीले निदाउने सहारा प्रदान गरेको छ । साह्रै खुशी छौं स्थानीय विनोद मुसहरले खुसी व्यक्त गरे ।
सितलहर बाट बच्न न्यानो राहात बितरण कार्यक्रम अन्र्तगत बितेको बिहिवार सिरक र कम्वल बितरण गरीएको हो । अति बिपन्न बस्तिमा न्यानो कपडा बितरण भएपछि उनीहरु खुशी भएका छन । ५९ थान सिरक र ५९ थान कम्वल बितरण गरीएको संस्थाले जनाएको छ । चिसो र शितलहरको प्रकोपबाट प्रभावित तथा आर्थिक स्थिति दैनिय रहेको दुर्गा भगवती गाउँपालिका वडा नं.३ का ३१ जनालाई र गुजरामाई नगरपालिकाको मुसहर बस्तीमा ५९ जनालाई, जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत २० जनालाई गरी ११० जनालाई न्यानो सिरक, तोसक र कम्बल बाँडिएको अध्यक्ष झाले जानकारी दिईन ।
वितेको सेप्टेम्बरमा जापान पल्याटर्फमको आर्थिक सहयोगमा तथा पिस विन्डस जापान र समृद्घिका लागि यथा योग्य कार्य संस्थाको साझेदारी र माण्डवीको सहकार्यमा रौतहट जिल्लाको राजदेवी नगरपालिकामा २२ सय जनालाई न्यानो सिरक, दसना र झुल वितरण गरिएको थियो ।


