• के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ माघ २०७६, आईतवार १५:४७

    ५ माघ, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदी स्थिर छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अस्ति (शुक्रबार) ७४ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज साताको पहिलो दिन (आइतबार) ७५ हजार रुपैयाँ कायम भएको छ ।

    यस्तै तेजाबी सुन आज प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार भने तेजाबी सुन नेपाली बजारमा प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    तर, चाँदीको भाउ भने स्थिर छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । चाँदी अस्ति शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु