दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

माझी किङ’ को रुपमा परिचित यमन माझि सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ५ गते, आईतवार १६:४१

काठमाडौ ।‘माझी किङ’ को रुपमा परिचित यमन माझिलाई बिशेष सम्मान गरिएको छ ।
काठमाण्डौमा पत्रकार सम्मेलन गरी उनलाई सम्मान गरिएको हो ।

माझी समुदायको भाषा,धर्म,संस्कार र पहिचान संरक्षण तथा उत्थान गर्नतर्फ
ठुलो योगदान गरेको हुनाले माझी युवा क्लबका अध्यक्ष पुरुषोतम माझि र
कोशीपारी खेलकुद क्लबका अध्यक्ष राम बहादुर माझीले संयुक्त रुपमा उनलाई
सम्मान पत्र र खादा लगाइ सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै यमन माझिले भने “मलाई थप हौसला मिलेको छ,समुदायमा अझ
धेरै कामहरु गर्न बाँकी छ् । अब चाडै भाषा,संस्कार र समुदायको उत्थान र
संरक्षण सम्बन्धी काम गर्ने योजनामा छु ।”
उनले माझी भाषाको संरक्षणको निम्ती विभिन्न भाषागत कक्षा सञ्चालन गर्दै
आएका छन भने साङ्गितिक क्षेत्रलाई नयाँ उचाइमा पुर्याएका छन । माझी
समुदायबाट नेपाली चलचित्रको पर्दामा नायकको रुपमा पहिलोपटक देखा परेका
उनी माझी समुदायबाट नेपाली चलचित्रको पर्दामा देखिएका पहिलो नायक समेत
हुन । यमन नेपाली चलचित्र ‘एक्स्ट्रा माया’ बाट चलचित्र क्षेत्रमा समेत्
हात हालेका छन ।

बुवा सुब्बा माझी र आमा हरिमाया माझिको कोखबाट बि. स २०४९ कार्तिक २५ गते
काभ्रे जिल्लाको तेमाल गाउपालिका ३ मा जन्मेका माझिको बाल्यकाल सामान्य
नै बित्यो । गाउकै श्री भुमे मा बि सरमथलिमा अध्ययन गरेका उनले सानैबाट
रेडियो सुन्ने,गीत गाउँए र कक्षामा गाउँने गर्दथे । सोझो ,इमान्दार र
मिजासिलो यमन सबैको प्यारो थिए ।

बि .स. २०६६ सालबाट आफ्नै माझी भाषामा “कखनि उपर कखनि तलेन” बोलको गीत
रेर्कर्ड गरी साङ्गितिक यात्रामा होम्मिएका माझीले अहिलेसम्म १ सय भन्दा
धेरै गीत गाइसकेका छन भने,दुइ दर्जन सङ्गित गर्नुका साथै दुई दर्जन
लेखिसकेका छन । साङ्गितिक यात्राामा धेरै कष्ट र सङ्घर्ष भोगेको उनी
बताउछन । साङ्गितिक क्षेत्रमा उनी गायन,गीत लेखन,सङ्गित साथै भिडियो
निर्देशन,छायाङ्कन समेत गर्दछन ।

कार्यक्रममा पत्रकार,कलाकार तथा क्लबका बिशिष्ट व्यक्तिहरुको सहभागी रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु