• नेपाल पर्यटन बोर्डको सीईओ का लागि तीन जनाको नाम सिफारिस

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ माघ २०७६, सोमबार ०८:४९

    काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तीन जनाको नाम सिफारिस भएको छ । बोर्डको सीईओ छनोट समितिले तीन जनाको नाम सिफारिस गरी बोर्डमा पठाउने निर्णय गरेको हो ।
    धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंहर ऐरको नाम समितिले बोर्ड समक्ष सिफारिस गरेको स्रोतले जनाएको छ।

    कुल १७ आवेदनमध्ये प्रारम्भिक ९ जनाको नाम छनोट भएको थियो ।
    त्यसबाट अन्तिम तीन जनाको नाम सिफारिस भएकोमा तीन जनाबाट बोर्डले एक जनालाई सीइओका रुपमा छनोट गर्ने प्रावधान रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु