दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शहीद सप्ताहको पहिलो दिन शहीद शुक्रराज प्रति श्रद्धान्जली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १० गते, शुक्रबार ११:३३

माघ १०,काठमाडौ । शहीद सप्ताहको पहिला दिन आज वि.स. १९९७ साल माघ १० गते मृत्युदण्ड दिएका शुक्रराज शास्त्री प्रति श्रद्धान्जली व्यक्त गरिएको छ । वि.स. १९९७ साल माघमा नेपालका जहाँनिया राणा शासनले चार जना वीर नेपाली सपुतलाई मृत्युदण्ड दिएको थियो । त्यस मध्ये मृत्य दण्ड पाउने शुक्रराज शास्त्री पहिलो व्यक्ति थिए ।
काठमाडौं महानगरपालिकाद्धारा आयोजित श्रद्धान्जली कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले वि.स. १९९७ साल माघ १० देखि माघ १५ सम्म जहाँनिया राणा शासनले मृत्युदण्ड दिएका चार जना शहीद शुक्रराज शास्त्री, धर्म भक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको बलिदान स्वरुप वि.स.२००७ साल फागुन ७ गते नेपालबाट एक सय चार वर्षको जँहानिया राणा शासनको अन्त्य भएको बताउनु भयो ।
यसैगरी सो शहीद कार्यक्रममा बोल्दै नेपाल आर्य समाजका अध्यक्ष डा. माधव प्रसाद उपाध्यायले शुक्रराज शास्त्रीले कुने पार्टी विशेषको मात्र नभई नेपालबाट रुढिबादी हटाई आम मानिसमा जागरुकता फैलाएको आरोप राणा शासकले उहाँलाई जेलमा ३ वर्षको कारावासमा रहेको समयमा अरु कुनै अपराधमा दोषी नभए पनि टेकुको यही खरीको रुखमा ल्याएर फाँसी दिएको नभएर हत्या गरेको बताउनु भयो ।
सो कार्यक्रममा वडा नं १२ का वडाध्यक्ष विकास डंगोलले पनि शहीद शुक्रराज प्रति श्रद्धा सुमन व्यक्त गर्नु भएको थियो ।
औपचारकि कार्यक्रम पछि महानगर प्रमुख शाक्यले शहीद शुक्रराजको सालिकमा श्रद्धा सुमन अर्पण गर्नु भएको थियो ।
यसैगरी महानगरपालिका वडाध्यक्ष , नेपाल आर्य समाजका प्रतिनिधि , महानगरपालिकाका कर्मचारी लगायत सर्वसाधारणले पनि शहीद शुक्रराज प्रति श्रद्धा सुमन अर्पण गरेका थिए । सो अवसरमा नेपाली सेनको एक टुकडीले शोक धुन प्रस्तुत गरेको थियो ।
शुक्रराजको जन्म उनका बुवा मुमा भारतको बनारसमा निर्वासनमा रहेका बेला बनारसमै वि.स. १९५० मा भएको थियो । शुक्रराज शास्त्रीले भारतमा भएको समयमा कलकत्तामा महात्मा गान्धी र सुभाषचन्द्र बोस लाई भेटेका थिए । उनको सो भेटमा भारतका रिपोर्टरहरु समेत आएका थिए । भोलिपल्टको कलकत्ताबाट प्रकाशित मुख्य अमृत बजार पत्रिकामा नेपालका समाज सुधारक र सोशलिष्ट नेता शुत्रराजशास्त्री र सभाषचन्द्र बोस र महात्मा गान्धीसंघको भेट मुख्य पृष्ठमा छापिएको थियो । नेपालमा पनि त्यो भेटघाटको समाचार चारैतिर फैलिएको थियो । उनी वि.सं १९९४ समालमा भारतबाट नेपाल फर्के लगत्तै श्री ३ जुद्ध शम्शेरबाट सिंहदरवारमा उनलाई बोलाबट भयो र उनी कार्यरत नेपाली भाषा प्रकाशिनी समितिमा हाजिर हुन नजानु भन्ने आदेश भयो ।
त्यसैगरी तत्काल आफनो देश छाठेर नजान पनि श्री ३ बाट हुकुमभयो । यसरी उनी उपत्याकामै नजर बन्दमा परे ।
आफ ुमाथिको नजरबन्द नहटे पछि उनले इन्द्रचोकमा गएर आमसभा गर्ने विचार गरे । उनी त्यस समय नगारिक अधिकार समितिका अध्यक्ष थिए । त्यही समितिले उनले त्यो आम सभामा भाषण गर्ने निर्णय गरेको थियो । उता उनका बुवा माधव राज जोशीले उनलाई त्यँहा नजान सल्लाह दिएका थिए । तर उनले मानेनन र काठमाण्डौको इन्दचौकको डबलीमा गएर गीताको प्रवचन संगै जनताको हकअधिकार र राणा शासन बिरुद्ध कडा भाषण गरेका थिऐ ।
उनले इन्द्रचौकर्मा भाषण गरेकै भोलिपल्ट उनी गिरप्तार गरिए । उनीमाथि राणा शासन बिरुद्ध लागेको आरोप लगाई तीन वर्षको कैद सजाय तोकियो । उनी सेन्ट्रल जेलमा रहेकै अवस्थामा उनीमाथि १९९७ सालका नेपाल प्रजा परिषदको आन्दोलन सम्बन्धी गतिविधिमा लागेको आरोप लगाई सवस्व सहित मृत्यदण्डको सजाय ताकियो ।
यसै सिलसिलामा उनलाई १९९७ साल माघ १० गते टेकुको पचलीमा झुण्डाइयो । भोलिपल्ट विहानै उनलाई झुण्डाइयो स्थानमा उनका ८२ वर्षीयबृद्ध बुवा माधवराज जोशी उनलाई हेर्न एक विहानै आए र उनको मृत शरीरलाई प्रणाम गदै भनै “स्वावास छोरा तिमी धन्य छौ । तिमीले आफना आमाबुवाको मात्रै नभई देशको इज्जत बढायो । छोरो हुनु त यस्तो पो । “
शुत्रराजले आफनो मातृभाषा नेपालभाषा भाग एक र दुई समेत प्रकाशित गरेका थिए । उनले नेपाल भाषमा व्याकरण समेत लेखेका थिए जुन भारतको कलकत्तामा प्रकाशित भएको थियो । उनलाई राजनीतिमा लागे भन्दा समाज सुधार र नेपालभाषालाई उन्नति गर्न चाहेकाले दोषी ठहराइएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु