दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ११ गते, शनिबार ८:१३

काठमाडौं। नेपालभाषाको पहिलो र सर्वाधिक अवार्ड भएको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड माघ १० गते शुक्रवार भव्य तथा सभ्यरुपमा संपन्न भएको छ। काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान १२ः३० बजेवाट फरक ढंग तथा फरक शैलीवाट शुरु भएको हो।

संसार क्रियसन्सका कार्यकारी प्रमुख बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनको आयोजनामा भव्य तथा सभ्य कार्यक्रम भएको थियो। जसमा नेपाल सरकारका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो। मेयर चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन लगायतको विशेष आतिथ्यता पनि रहेको छ।

नेपालभाषा संगीत क्षेत्रका मूर्धन्य संगीतकार अमरराज शर्मा राजोपाध्यायलाई नगद २५ हजार सहितको लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।

नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर, नेपालभाषा चलचित्रका प्रथम नायक जय श्रेष्ठ, नायिका हिसिला महर्जन, अग्रज गायक जुजुकाजी रंजित र बरिष्ठ मेकअप आर्टिष्ट सनमकुमार श्रेष्ठलाई प्रदान गरिएको छ। संसार मल्टिप्रपोज सम्मान नेपालभाषाका संचारकर्मी ललेन्द्र शाक्यलाई प्रदान गरिएको छ।
फेसवुक प्रोफ्राइल पिक्चर्स टेम्प्लेट फ्रेम कम्पिटिसनमा सर्वाधिक भ्यूअर्स पाउने राजु महर्जन र सरिता बज्राचार्यलाई पनि विशेष सम्मान दिइएको छ।
विविध सांगीतिक प्रस्तुतिकासाथ भव्य रुपमा बृहत अवार्डको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डमा ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठ, हङकङमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जन, हङकङमा नै रहेकी नेपाली छोरी सोनम महर्जन, नंबरी नायिका आराध्यलक्ष्मी खड्गी, शोभा महर्जन, अशिष्मा नकर्मी, सुपरस्टार हिरो रुपेन्द्र श्रेष्ठ, राजीव किपु, संगीत संयोजक हरिशरण सायमी लगायतलाई ४२ विधामा अवार्ड प्रदान गरिएको थियो।
कार्यक्रमको संचालन सशक्त संचारकर्मी विराजकाजी राजोपाध्याय र प्रमिला मानन्धरले गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु