दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल उमा कुङफु संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १२ गते, आईतवार ९:१५

काठमाडौ ।नेपाल उमा कुङफु संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार जोरपाटीस्थित शेर्पा प्यालेसमा शनिबार सम्पन्न भएको छ ।
काठमाडौंमा फागुनमा हुने पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगितालाई मध्यनजर गरी सञ्चालन गरिएको सेमिनारमा १५ रेफ्रीको सहभागिता रहेको उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जनाएका छन् । सहभागीहरुमा श्याम डंगोल, कुसुम तामाङ, डोमा तामाङ, रवि महर्जन, सञ्जयराज पुटुवार, मओज विन्दुकार, कमल मगर, प्रदीप राउत, प्रतिमा राउत, सरिना घले, रिनामाया तामाङ, अभिशेष श्रेष्ठ, रविन श्रेष्ठ, पासाङ तामाङ र जीवन गुरुङ रहेका छन् ।
सहभागीलाई उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक लामाले व्यवहारिक र पूर्व अध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगरले सैद्धान्तिक ज्ञान बारे जानकारी गराएका थिए । सहभागीलाई उमा कुङफु संघका उपाध्यक्ष सन्जितकुमार राई, महासचिव भुपेन्द्र गुरुङ, सचिव रमेश महर्जन र सदस्य अशोक केसीले प्रमाण पत्र वितरण गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु