दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आत्मरक्षा तालिम सबैको लागि आवश्यकः सदस्य सचिव सिलवाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १४ गते, मंगलवार १३:००

१४, माघ, काठ्माण्डौ

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आत्मरक्षाका लागि सम्पुर्ण नेपाली नागरिक सक्षम हुनुपर्ने औल्याउनु भएको छ । नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा संचालन भएको दोश्रो अन्र्तराष्ट्रिय सेल्फ डिफेन्स सम्मेलनको समापनमा प्रमुख अतिथीको आसनबाट बोल्नुहुँदै वहाँले यस्तो बताउनुभएको हो ।

सदस्य सचिव सिलवालले सेल्फ डिफेन्सले शुरु गरेको आत्मरक्षा तालिमको अभियानलाई परिषद्ले सक्दो सहयोग गर्ने समेत बताउनुभयो । सेल्फ डिफेन्सको कला प्रद्र्धशनीमा सहभागी हुँदै सिलवालले यस्ता प्रशिक्षणले आफैलाई मजबुत बनाउनेमा बिश्वास दिलाएको जिकिर गर्नुभयो । दशरथ रंगशालाका] कवर्ड हलमा भएको समापन सत्रमा सम्मेलनका लागि नेपाल आउनु भएका अन्र्तराष्ट्रिय सेल्फ डिफेन्स एशोसियसन, पोल्याण्डका संस्थापक ग्राण्ड मास्टरले नेपालमा निमन्त्रणा गरेर प्रशिक्षक प्रशिक्षण तालिम संचालन गर्न पाउँदा आफु निक्कै हर्षित र कृतज्ञ रहेको बताउनुभयो । समापन सत्रका कै क्रममा ग्राण्ड मास्टरले नेपाल सेल्फ डिफेन्स संघलाई अन्र्तराष्ट्रिय आबद्धता समेत प्रदान गर्नुभएको संघका महासचिव नुतन श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालका अध्यक्ष डिबि रानापाललाई मानार्थ सेल्फ डिफेन्स तेश्रो डान, शाखा प्रमुख एवं संघका उपाध्यक्ष सञ्जु महर्जनलाई सेल्फ डिफेन्स पाँचौ डानका साथमा आधा दर्जन बढी पदकद्धारा सम्मान गर्नुभयो । त्यस्तै संघका सहायक प्रशिक्षक राधिका ऐर हमाललाई सेल्फ डिफेन्स चौथो डान तथा अन्य पदद्धारा सम्मान गरिएको महासचिव श्रेष्ठले जानकारी दिनभयो । बिभिन्न ४० भन्दा बढी जिल्लाका सेल्फ डिफेन्स प्रशिक्षकको सहभागिता रहेको सो कार्यक्रममा ग्राण्ड मास्टरले बिभिन्न तहको प्रमाण पत्र प्रदान गर्नुभयो । कार्यक्रममा संघलाई सहयोग गर्ने दर्जन बढी बिभिन्न ब्यक्तित्वहरुलाई दोसल्ला तथा सम्मान पत्रद्धारा संघले सम्मान गरेको छ ।

माघ ०८ गतेबाट शुरु भएको अन्र्तराष्ट्रिय सम्मेलनका क्रममा काठ्माण्डौ, पोखरा तथा तनहुँका बिभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भई सकेका छन् । कार्यक्रमको औचारिक समापन आज भएपनि जनकपुरमा मंगलबार र बुधकार तालिम संचालन गरिने संघले जनाएको छ । यसअघि सन् २०१७ मा सोलुखुम्बुमा प्रथम अन्र्तराष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु