दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेप्से परिसूचक सामान्य वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १४ गते, मंगलवार १८:२१

काठमाडौँ, माघ १४ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने झिनो अङ्कले गिरावट आएको छ । सेन्सेटिभ परिसूचक ०.४८ अङ्कले घटेर २७८.६७ मा पुगेको छ । आज कुल १७८ कम्पनीका ३७ लाख ३९ हजार ३९७ कित्ता शेयर रु १ अर्ब ४० करोड ४ लाख ७६ हजार ८०५ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये ४ उपसमूहको शेयर ओरालो लाग्यो भने ८ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ १.१२ अङ्कले घट्दा व्यापार २३.५६, होटल ३९.४२ र जलविद्युत् उपसमूहको शेयर ८.२१ अङ्कले घटेको छ भने विकास बैङ्क ०.१, वित्त ०.५७, निर्जीवन बीमा १४१.३३, उत्पादन ४.४३, अन्य ४.०४, लघुवित्त ४२.५८, जीवन बीमा १५९.२८ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले बढेको छ । कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ९ करोड ९५ लाख ८५ हजार ३०६ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु ६ करोड ९९ लाख ११ हजार ४, नेको इस्योरेन्स कम्पनीको रु ४ करोड ६१ लाख ९ हजार ३८५, नेपाल बैंकको रु ४ करोड ५६ लाख ५६ हजार ६, नागरिक लगानी कोषको रु ४ करोड ४७ लाख ९३ हजार ७४२ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रु ४ करोड २५ लाख ८४ हजार ७८ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो । आज सबैभन्दा बढी शिखर इन्स्योरेन्सका लगानीकर्ताले कमाए । शिखरका लगानीकर्ताले ८ प्रतिशतले कमाए । यस्तै नेडेप लघुवित्त वित्तीय संस्था ६.६२, नागरिक लगानी कोष ६.०२, एभरेष्ट इस्योरेन्स ५.८१, स्वाभिमान लघुवित्त वित्तीय संस्था ४.९५, समृद्धि फाइनान्स कम्पनी ४.८५ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरधनीले ४.७७ प्रतिशतले कमाए । स्टकका अनुसार गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका शेयरधनीले आज सबैभन्दा बढी ४.३४ प्रतिशतले गुमाए । यस्तै रसुवागढी हाइड्रोपावर ४.०४, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ३.२९, साल्ट ट्रेडिङ कर्पोरेशन ३.१७, साञ्जेन जलविद्युत् कम्पनी ३.०४ र सिन्धु विकास बैंकका लगानीकताले ३.०३ प्रतिशतले गुमाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु