
काठमाडौँ । अन्तराष्ट्रिय हरियाली मंचले धनकुटाको पाख्रिबासमा एक कार्यक्रमको आयोजना गरि २१ घरका बिपन्न परिवारहरुलाई राहत वितरण गरेको छ ।
अन्तराष्ट्रिय हरियाली मंचका केन्द्रिय अध्यक्ष शुलाचना गुरुङका अनुसार २१ घरका बिपन्न परिवारहरुलाई १४० वटा न्यानो कपडा सहित २१ वटा कम्बल वितरण गरेको बताइन ।
तीन बर्ष अगाडि स्थापना भएको यो संस्थाले देश तथा विदेशमा यस्तै किसिमको सामाजिक कार्यहरु धेरै गर्दै आएका छन् । राहत वितरण कार्यक्रममा मंचका केन्द्रिय अध्यक्ष शुलाचना गुरुङ, सीता राना, मंचका सद्भावना दुत बिशाल राई र अन्तराष्ट्रिय हरियाली मंच धनकुटा शाखाका सदस्यहरुको सहभागी रहेको थियो ।


