दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गुणस्तर र प्रतिष्पर्धी शैक्षिक बिकासमा जोड दिनु पर्छ : सासंद मैनाली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १७ गते, शुक्रबार ७:४१

काठमाण्डौं । माघ १७ । नुवाकोटको ककनी गाउँपालिका वडा नं. ७ चतुराले स्थीत महेन्द्र माध्यामिक विद्यालयले ५९ औं बार्षिकोत्सव मनाएको छ ।
विद्यालयमा आयोजीत भव्य कार्यक्रममा बाग्मती प्रदेशका संसद बद्री मैनालीले बार्षिकोत्सबको उदघाटन गर्नुभयो ।
बार्षिकोत्सब कार्यक्रममा बोल्दै बागमती प्रदेश सांसद बद्री मैनालीले निजी विद्यालयहरुमा दिन प्रतिदिन विद्यार्थीहरुको आर्कषण बढदै गइरहेको बताँउदै बिद्यालयको भौतिक संरचनाको बिकाससंगै शैक्षिक गुणस्तर बृद्धिमा लाग्न विद्यालयलाई सुझाब दिनुभयो ।

विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि बिधार्थी ,शिक्षक र अभिभावकको त्रिकोणात्मक सामजस्यता हुने बताँउदै विद्यालयको गुणस्तर र प्रतिष्पर्धी शैक्षिक बिकासमा लाग्न आग्रह गर्नुभयो ।
बिद्यालयका प्रधानाध्यापक शशिकुमार थपलियाले निजी विद्यालयमा विद्यार्थीहरुको आर्कषण कम गराउन विद्यालयले बिभिन्न कार्यक्रमहरु गरिरहेको बताँउदै विद्यालयको भौतिक पुर्वाधार र पर्याप्त शैक्षिक सामग्रीहरुको अभावमा विद्यार्थीहरुले समस्या भोग्नुपरेको बताउनुभयो ।
प्रधानाध्यापक थपलियाले गत आर्थिक बर्षको आर्थिक प्रतिवेदन पेश गदै विद्यालयले गतबर्षमात्र २करोड ८५पचासी लाख ६६हजार ८सय ३०रुपैया बराबरको आर्थिक कारोबार गरेको बताउनुभयो ।
बिद्यालयको ५९ औं स्थापना दिवस शिक्षक सम्मान तथा बिदाइ कार्यक्रम समेत गरिएको थियो । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष महेन्द्र बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य अच्युत पाण्डे, ककनी गाउँपालिका उपाध्यक्ष सीता लामा खतिवडा , शिक्षा बिकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख अर्जुन बहादुर श्रेष्ठ, ककनी गाउँपालिका वाड न. ७ का वडा अध्यक्ष पुष्कर बोगटी, ककनी गा.पा. का शिक्षा प्रमुख केशब ज्ञवाली , श्रोत ब्यक्ति रबि प्रसाद थपलिया,नेपाली काङ्ग्रेस ककनी ७ का सभापति बद्री प्रसाद थपलिया लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रममा बिभिन्न सांस्कृतीक प्रस्तुती समेत रहेको थियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु