दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जेभियर इन्टरनेनसल कलेज १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ शुक्रबार क्वाटरफाइनलमा प्रवेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १७ गते, शुक्रबार २१:५०

काठमाडौं, माघ १७।
जेभियर इन्टरनेनसल कलेज १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जेभियरले न्यु जेनिथलाई ५०–४४ ले पराजित गर्दै समूह ‘सी’ को विजेता बन्यो । जेभियरका लियुश केसीले १८ अंक जोडे । पराजयका बावजुद न्यु जेनिथ पनि समूह उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्यो ।
प्लस टु ब्वाइजमै समूह ‘डि’ को लिगमा गोल्डेनगेटले टाइम्सलाई ३४–२७ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । गोल्डेनगेटका सुशिल घलेले १४ स्कोर गरे । डिफेन्डिङ च्याम्पियन टाइम्स लगातार दुई हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट आयोजक ज्ञान निकेतन पनि क्वाटरफाइनलमा पुगिसकेको छ । ज्ञान निकेतन र गोल्डेनगेटबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ । उक्त खेल शनिबार हुने छ ।
समूह ‘ए’ मा क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको मोर्गन इन्टरनेसनल कलेजले ग्लेसियरलाई ३७–३१ ले पाखा लगाउदै समूह विजेता भयो । मोर्गनका मिन गुरुङले ९ अंक जोडे ।
स्कुलतर्फ ब्वाइजमा आयोजक ज्ञान निकेतनले काठमाडौं जेभियरलाई ३७–२७, नेरिक एकेडेमीले इनोभेटिभलाई ५४–५१, पुष्प सदनले हिमालयलाई ४६–३७ र नवज्योतिले केएमसीलाई ३३–२० ले पन्छाए । ज्ञान निकेतनका विवेक यादवले १६, नेरिकका समिप खत्रीले १२, पुष्प सदनका कर्मा गुरुङले २० र नवज्योतिका रमेश पाण्डेले १५ स्कोर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु