लसुनको मूल्य बढयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २१ गते, मंगलवार १२:०२

माघ २१, काठमाण्डौ । प्याजको मूल्य वृध्दिको मारमा परेका उपभोक्ता मूल्य घटन नपाउँदै लसुन र बोइलर कुखुराको मासुको मूल्य बढ्दा मारमा छन् । दैनिक उपभोग्य सामानको मूल्य बेला बेलामा एक्कासि आकासिनु रहस्यमय छ ।

बोइलर कुखुराको मासु, लसुन लगायत दैनिक उपभोग्य वस्तुको उच्च रुपमा बढेको छ । २५ दिन अघि २६० रुपियाँमा पाईने हाल खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४०० रूपियाँ भन्दा माथि पुगेको छ ।

नेपाली बजारमा मासु मात्रै होईन लसुनको मूल्य आकासिएको छ । करिब २० दिन अघि लसुनको मूल्य प्रतिकिलो २५० देखि २८० रूपियाँ आसपास रहेकोमा अहिले बजार मूल्य ५०० रूपियाँ प्रतिकेजी पुगेको छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु