दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फिना टेक्निकल अफिसियल क्लिनिक सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २२ गते, बुधबार १९:४२

काठमाडौ ।नेपाल पौडी संघको आयोजना तथा पौडीको अन्तराष्ट्रिय संस्था फिनाको प्राविधिक सहयोगमा बुधबारदेखि फिना टेक्निकल अफिसियल क्लिनिक सुरु भएको छ ।
प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको क्लिनिकमा पुराना र नयाँ गरि ५५ जना प्राविधिक निर्णायकहरुले सहभागिता जनाईरहेका छन् । पुराना खेलाडी, प्रशिक्षक तथा पौडी संग सम्वन्धित ब्यक्तिहरुले क्लिनिकमा सहभागिता जनाईरहेका छन् । यस्तै पुराना निर्णायकहरुले पनि क्लिनिकमा पुनर्ताजगीका लागि सहभागिता जनाई रहेका छन् । प्रशिक्षकहरुले फिनाको नियमहरुका बारेमा जानकारी हासिल गरेको खण्डमा खेलाडीहरुलाइ दक्षता प्रदान गर्न सहयोग पुग्ने क्लिनिकमा सहभागि प्रशिक्षकले जनाएका छन् ।
क्लिनिकमा सहभागिहरुलाई फिना एक्सपर्ट अष्ट्रेलियन नागरिक रायन आर्विस्टरले तीन दिन सम्म प्रशिक्षण प्रदान गर्ने छन् ।
कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले एक कार्यक्रमविच उद्घाटनन गरे ।
नेपालमा हाल सम्म भएका १९७९ मा पहिलो पटक आयोजना भएको क्लिनिक यस क्लिनिक सम्म आई पुग्दा छैटौं क्लिनिकको रुपम संचालन भई रहेको छ । हाल सम्म पौडी संघले फिना, एशियन र राष्ट्रिय गरि १८९ प्राविधिक जनशक्ति उत्पादन गर्न सफल भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु