दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ओमानका वातावरण तथा पर्यावरण मन्त्रीलाई काठमाडौंमा आयोजना हुने ‘सगरमाथा सम्वाद’ कार्यक्रममा सहभागी हुन निमन्त्रणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २३ गते, बिहीबार १७:१६

ओमान । ओमानका वातावरण तथा पर्यावरण मन्त्रीलाई काठमाडौंमा आयोजना हुने ‘सगरमाथा सम्वाद’ कार्यक्रममा सहभागी हुन निमन्त्रणा पत्र हस्तान्तरण गरिएको छ । ओमानका लागि नेपाली राजदुत महामहिम शर्मिला पराजुली ढकालले बुधबार ओमानका वातावरण तथा पर्यावरण मन्त्री महामहिम मोहम्मद विन सलिम विन सेद अल टोवीलाई उहाँको कार्यकक्षमा भेटी २–४ अप्रिल, २०२० मा काठमाडौंमा आयोजना हुन गइरहेको ‘सगरमाथा सम्वाद’ कार्यक्रममा सहभागी हुनको लागि नेपालका पराराष्ट्र मन्त्री माननीय प्रदीप कुमार ज्ञवालीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी हुन् । सो अवसरमा महामहिम राजदुत शर्मिला पराजुली ढकालले ‘सगरमाथा सम्वाद’ को उद्धेश्यको बारेमा प्रकाश पारिन ।

प्रेश विज्ञप्ति
ओमानका लागि नेपाली राजदुत महामहिम शर्मिला पराजुली ढकालज्यूले अाज ओमानका वातावरण तथा पर्यावरण मन्त्री महामहिम मोहम्मद विन सलिम विन सेद अल टोवीज्यूलाई उहाँकाे कार्यकक्षमा भेटी २–४ अप्रिल, २०२० मा काठमाडौंमा आयोजना हुन गइरहेको ‘सगरमाथा सम्वाद’ कार्यक्रममा सहभागी हुनको लागि नेपालका पराराष्ट्र मन्त्री माननीय प्रदीप कुमार ज्ञवालीज्यूले पठाउनुभएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभयाे।

महामहिम राजदुत शर्मिला पराजुली ढकालज्यूले ‘सगरमाथा सम्वाद’ काे उद्धेश्यकाे बारेमा प्रकाश पार्नुभयाे ।

महामहिम मोहम्मद विन सलिम विन सेद अल टोवीज्यूले श्निमन्त्रणाकाे लागि धन्यवाद दिँदै नेपालमा हुन गइरहेको “सगरमाथा सम्वाद” काे सफलताको लागि अग्रिम शुभकामना व्यक्त गर्नुभयो ।
महामहिम मोहम्मद विन सलिम विन सेद अल टोवीले सगरमाथा संम्वाद कार्यक्रममा सहभागीता जनाउने क्रममा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभयाे ।
महामहिमज्यूहरुले भेटघाटको क्रममा वातावरण तथा पर्यावरणको क्षेत्रमा नेपाल र ओमानबीच सम्भावित समझदारी तथा समन्वयको विषयमा छलफल भयो।

राजदूतज्यूका श्रीमान् विमल ढकालज्यू र मन्त्रालयका पदाधिकारीहरुज्यू हरूको पनि उपस्थिति रहेको थियो ।

५ फेब्रुअरी, २०२०
नेपाली राजदुतावास
मस्कट, सुल्तानेट अफ अाेमान

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु