दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आईटीएफ जुनियर जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ अन्तर्गत ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २३ गते, बिहीबार १९:१२

काठमाडौ ।काठमाडौं आईटीएफ जुनियर जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ अन्तर्गत ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा कृषनले भारतका ध्रुभ ताङग्रीलाई ६–४ र ६–३ तथा अमनले भारतकै वंश भगतानीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको गल्र्समा चीनकी झिन्तोङ झावले भारतकी हेत्भी चौधरीलाई ६–३ र ६–१ तथा भारतकी रिया उबोभेजाले अस्ट्रियाकी इनेस फल्टिङगरलाई ६–१ र ७–६(३) ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष डबल्समा मलेसियाका क्रिस्टियन अन्ड्रे सेङ लिउ र भियतनामका क्वोक भोको जोडीले भारतका तोरस रावत र सिंगापुरका आदित्थ्या सुरेशको जोडीलाई ६–० र ७–६ ले पाखा लगाउदै भारतका आदित्य वर्धान रोय चौधरी र ध्रुभ ताङग्रीको जोडीसंग फाइनल भेट पक्का गरे । अदित्य र ध्रुभको जोडीले थाइल्यान्डका ताइनतावान मजोली र फ्रान्सका लुकास पन्थालाको जोडीबाट वाक ओभर पाएका थिए ।
गल्र्स डबल्समा सिंगापुरकी डिने छु र भारतकी रिया उबोभेजाको जोडीले नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीलाई ६–४ र ६–४ तथा अस्ट्रियाकी इनेस र चीनकी झिन्तोङको जोडीले जापानका काइडे हतानो र रेना तानाकाको जोडीलाई ७–५ र ७–५ को सीधा सेटमा पन्छ्याउदै फाइनल यात्रा तय गरे । फाइनल शुक्रबार हुने छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु