दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

श्यान्टु र प्रदीप क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २३ गते, बिहीबार १९:२८

काठमाडौ ।नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र प्रदीप रोका तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
श्यान्टुले एपीएफका एलेक्स महर्जन तथा प्रदीपले आफ्नै क्लबका विपुल महर्जनलाई ४–१ को समान नतिजामा पराजित गरे । पुरुष सिंगल्समै सीसीआरसीका आरिश महर्जनले नेपाल आर्मीका बोधित केसीलाई ४–३, एपीएफका अमरलाल मल्लले ललितपुरका रितिज जोशीलाई ४–०, प्रहरीका राकेश महर्जनले आर्मीका कृष्ण थापा मगरलाई ४–२, भारतका आदर्श ओम क्षेत्रीले आर्मीका नारायण घिमिरेलाई ४–०, काठमाडौंका चन्दन शाहीले बाँकेका टेन्डी शेर्पालाई ४–२ र प्रहरीका विनेश खनियाँले एपीएफका विलोश श्रेष्ठलाई ४–० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
ललितपुर जिल्ला टेनिस क्लबको आयोजना तथा सम्झना क्लिनिकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको महिला सिंगल्समा प्रहरीकी नविता श्रेष्ठले आर्मीकी दिया देउलालाई ४–०, प्रहरीकी सोनु थापा मगरले विजेश्वरीकी मारिया थापा मगरलाई ४–०, एपीएफकी सिक्का सुवालले प्रहरीकी मन्जु सुवाललाई ४–०, आर्मीकी रविना महर्जनले विजेश्वरीकी अनुष्का प्रसाईंलाई ४–१, एपीएफकी अनिता महर्जनले एपीएफकै इभाना थापा मगरलाई ४–३, प्रहरीकी एलिना महर्जनले आर्मीकी स्वेच्छा नेम्वाङलाई ४–१, भारतकी ममता प्रभुले विजेश्वरीकी सुस्मिता खड्कालाई ४–० र आर्मीकी दीक्षा तामाङले प्राइमकी निकिता कस्तीलाई ४–१ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । शुक्रबार क्वाटरफाइनल र सेमिफाइनल खेल हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु