दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘चपली हाइट ३’ले पनि दर्शकका लागि बैंकक घुमाउने टिकटक योजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २४ गते, शुक्रबार ९:१६

काठमाडौ – दर्शक लोभ्याउन निर्माण युनिटले फिल्मको प्रचार प्रसार समय विभिन्न उपहार योजना अगाडि सार्ने गरेका छन् । यस्तैमा २८ चैत्रबाट प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’ले पनि दर्शकका लागि बैंकक घुमाउने टिकटक योजना ल्याएको छ । निर्माण युनिटले फिल्मको केही दिन पहिले सार्वजनिक ‘चार आनाको मसला’ बोलको गीतमा टिकटक बनाउनु पर्ने र त्यसरी बनेका टिकटक मध्य उत्कृष्ट एकलाई बैंकक घुमाइने योजना ल्याएको हो ।
फिल्मका निर्माता अर्जुनकुमारले सबैभन्दा धेरै लाइक र भ्यूज पाएको टिकटक भिडियो मध्ये एउटा विजेता घोषणा सहित बंैकक टुरको प्याकेज दिने बताए । निकेश खड्काको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय रहेको छ । सस्पेन्स र थ्रिलर बिषय निर्माण भएको फिल्म अर्जुनकुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु