दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अमन र झिन्तोङ पहिलो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २५ गते, शनिबार ८:३०

भारतका अमन दहिया र चीनकी झिन्तोङ झाव काठमाडौं आईटीएफ जुनियर जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ मा शुक्रबार पहिलो भएका छन् । सिंगल्सको ब्वाइजमा अमन र गल्र्समा झिन्तोङ पहिलो भएका हुन् ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा अमनले आफ्नै राष्ट्रका कृषन हुडालाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गरे । गल्र्स फाइनलमा झिन्तोङले भारतकी रिया उबोभेजालाई ६–४ र ६–१ को सीधा सेटमा हराइन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको ब्वाइज डबल्स फाइनलमा भारतका आदित्य वर्धान रोय चौधरी र ध्रुभ ताङग्रीको जोडीले मलेसियाका क्रिस्टियन अन्ड्रे सेङ लिउ र भियतनामका क्वोक भोको जोडीलाई ६–२ र ४–६ (१०–४) ले पाखा लगाउदै पहिलो स्थान हात पारे । सोही स्पर्धाको गल्र्स फाइनलमा अस्ट्रियाकी इनेस फल्टिङगर र चीनकी झिन्तोङको जोडीले सिंगापुरकी डिने छु र भारतकी रियाको जोडीलाई ६–१ र ७–५ को सोझो सेटमा पन्छ्याउदै शीर्ष स्थान हात पारे ।
विजेतालाई आयोजक टेनिस संघकी अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु