
काठमाडौ ।एक्स बक्सिङ ग्रुप मकाउले बक्सिङ प्रशिक्षक मदनकुमार गुरुङलाई स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले गुरुङलाई उनी उपचाररत अस्पताल त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा १ लाख १६ हजार रुपैयाँ नगद हस्तान्तरण गरे ।


