
काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोशिएसनको अध्यक्षमा नरेन्द्र ढकाल बिजयी भएका छन् । शुक्रबार राति भएको मतगणनामा ढकालले १०३ मत ल्याई बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी भुवन सिं गुरुङले ५६ मत ल्याएका थिए भने अध्यक्षका अर्का प्रत्याशी ऋषि शर्माले ४४ मत र सीता देवकोटाले ३९ मत ल्याएका थिए ।
यस्तै बरिष्ठ उपाध्यक्षमा तारानाथ अर्याल १०४ मत प्राप्त गर्दै बिजयी भए । अर्यालका निकटतम प्रतिद्वन्द्वी भगीरथ राई (रमेश) ले ८३ मत र अर्का उम्मेद्वार थिरमणि पौडेलले ५३ मत प्राप्त गरे । यस्तै उपाध्यक्ष पदमा सबैभन्दा बढि मत प्राप्त गर्दै जनक खड्का (प्रकाश) १६३ मतका साथ बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मित्र देव घिमिरे (गोपाल)ले ६१ मत प्राप्त गरेका छन् । यसैगरी महासचिव पदमा १५३ मतका साथ भवानी निरौला बिजयी भए का छन भने उनका प्रतिस्पर्धी चिरञ्जीवी बस्यालले ८६ मत प्राप्त गरेका छन ।
सचिव पदमा कमल काफ्ले १६० मतका साथ बिजयी भए भने उनका प्रतिद्वन्दी प्रकाश बोहराले ७८ मत पाए । यस्तै कोषाध्यक्षमा कृष्ण कुमार जैशी बिजयी भएका छन् । जैसीले १०३ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्दी सञ्जय पनेरुले ६९ मत र अर्का उम्मेद्वार इन्द्र प्रसाद आचार्यले ६७ मत ल्याए का थिए । कुल २९१ सदस्यमा २४४ मत खसेको थियो जसमा ३ मत बदर भएको थियो ।
सहकोशाध्यक्षमा अमिर बास्तोला सदस्यहरुमा नगेन्द्र प्रसाद पोखरेल (नबिन), राजेश गौतम, चन्द्र बहादुर लिम्बु, नरेन्द्रमणि पराजुली, बिक्रम श्रेष्ठ, राजेश यादब, इश्वर सापकोटा, नारायण भुषाल, तोरणकुमार कार्की, सेतेलाल पौडेल निर्बिरोध निर्बाचित भएका छन् ।


